Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चुनाववाट बिमुख हुदा जनतावाट अलग भइन्छ : विप्लव

कपिलवस्तु – नेकपाको बैठकमा पेश भएको राजनैतिक प्रतिबेदनमाथि उठेका प्रश्नको जवाफ दिदै नेत्र बिक्रम चन्द विप्लवले चुनाववाट बिमुख हुदा जनतावाट अलग भइने वताउनु भएकोछ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिदै यस्तो वताउनु भएको हो। ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिनु भएको हो ।


विप्लवले जवाफ दिएपछि उहाको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सकिएकोछ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गर्नु भएकोछ । बैठकमा केन्द्रीय सदस्यहरुले त्यसको विरोध जनाएका थिए । निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेमा नेकपा दुई धारमा विभाजन भएपछि बैठक लम्बिएको थियो । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma