Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ भाँचिएर १४ जना घाइते

कपिलवस्तु – कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाँचिएर  दुर्घटना भएको छ   । डुंगा भाँचिएर १४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो ।

घाइते तिन जनाको अबस्था गम्भिर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । वाणगंगा १ का अर्जुन क्षेत्रि, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा न ९ का आकृति खनाल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते भएका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरीएको प्रहरीले जनाएको छ ।त्यस्तै सितगंगा २ का मनिष क्षेत्रि, वाणगंंगा ४ का आशिका विसी ,अंचल पुन, बम बहादुर क्षेत्रि ,वाणगंंगा ८का सिमा खत्रि , महिमा चौधरी , सिर्जना सुनार वाणगंंगा ९ का कृष्ण घर्ति मगर सामान्य घाईते भएका छन । महोत्सव चैत्र ३ देखि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma