Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज नगरपालिका वडा नम्वर ४ द्धारा सय जना कृर्षकहरुलाई स्प्रे टंकी वितरण ।।

नवराज पौडेल चन्द्रौटा कपिलवस्तु ,,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ द्धारा स्प्रे टंकी वितरण गरिएको छ । वडाका एक सय जना कृर्षकहरुलाई आईतबार एक कार्यक्रमका विच सो संख्यामा स्प्रे टंकी वितरण गरिएको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद .मुसलमानले जानकारी दिनु भयो ।
वडामा रहेका व्यावसायिक कृषि खेतीमा आवद्ध कृर्षकहरुको मागका आधारमा टंकी वितरण गरिएको वडा अध्यक्ष मुसलमानले बताउनुभयो । वडाको वार्षिक कार्यक्रम अन्र्तगत कृषिमा रहेको सात लाख मध्य दुइ लाखको बेमौसमी तरकारीको विउविजन वितरण गरिएको र पांच लाख बरावरको स्प्रे टकीं वितरण गरिएको उहाले जानकारी दिनुभयो । वडामा भौतिक पुर्वधार,पुलपुलेसा,सडक निर्माण लगाएतका काम सम्पुर्णकाम सम्पन्न बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले नगरपालिकाले कृर्षकहरुलाई पहिलो प्राथामिकता दिई काम गरिरहेको बताउनु भयो । करिव ३ वर्ष यता नगरपालिका बाट कृषि सामाग्री नपाएका कृर्षकलाई छनोट गरि टकीं वितरण गरेको उहांले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma