Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

माओवादी नेता जयपुरी भन्छिन्—‘घरघर पुगेर निति र कार्यदिशा बारे जानकारी गराउनु’

कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)को नगर स्तरीय बृहत्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य जयपुरी घर्ति गाउँ गाउँमा जनताको घर दैलोमा पुगी पार्टि निति र कार्यदिशा बारे जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिनु भयो । गाउँटोलमा पार्टि कमिटि विस्तार गर्दै निर्वाचनका लागी पार्टिका प्रचारात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने उहाँले बताउनु भयो । केहि झुण्डहरुको होहल्लले विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै अवको निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो पार्टि बन्ने उहाँले बताउनु भयो ।
नेपाल सरकार शिक्षा स्वास्थ्य तथा खेलकुद संसदिय समितिका सभापति समेत रहनुभएकि घर्तिले माओवादी आन्दोलनको उपलव्धीले अहिले व्यवस्था लागु भएको बताउनुभयो ।


नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य विष्णु शाहले अब सबै जनवर्गिय संगठन ,मोर्चा र विभागहरुलाई पूर्णता सहित क्रियाशिल बनाउन आग्रह गर्नु भयो । पार्टिकी लुम्बिनी प्रदेश सदस्य उमा वि.क.ले पार्टि क्रियाकलाप र गरेका कामहरुबारे व्यापक प्रचार गरेर जनतामा नेकपा माओवादी केन्द्र प्रति रहेको विश्वासलाई अझ बलियो बनाउन र निर्वाचनमा पहिलो पार्टि बनाउन नेता देखि कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो ।
कार्यकर्ता प्रशिक्षण तथा कार्यकर्ता भेलाले शिवराज नगरपालिकामा पार्टिका विभिन्न जनवर्गिय संगठन, मोर्चा र विभाग गठन गरेको छ । करुण बुढामगरको संयोजकत्वमा ५१ सदस्य योङ्ग कम्युनिष्ट लिग (वाइसिएल), सिता बुढाथोकीको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी), ज्ञानु लामिछानेको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल सुकुम्बासी संघ, अर्जुन घर्ति मगरको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल ट्रेड युनियन महासंघ, गणेश कुमार बुढामगरको संयोेजकत्वमा ५१ सदस्य मगर मुक्ति मोर्चा, नक्कुल कामीको संयोजकत्वमा ५१ सदस्य अखिल नेपा किसान महासंघ(क्रान्तिकारी) , पुष्पा खनेलको संयोजकत्वमा ५१ सदस्य दलित मुक्ति मोर्चा, थकाली मियाँको संयोजकत्वमा ५१ सदस्य मुस्लिम मुक्ति मोर्चा, अनुप कुमार चौधरीको संयोजकत्वमा ५१ सदस्य मधेशी मुक्ति मोर्चा र दिपक के.सी.को संयोजकत्वमा नगर प्रचार प्रसार विभाग गठन गरिएको नेकपा माओवादी केन्द्र शिवराज नगर समिति अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले जानकारी दिनु भयो ।
नवगठित संगठनहरुलाई चुस्त दुरुस्त चलायमान बनाएर पार्टिलाई गतिशिल बनाउने र आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाउन कार्यक्रमका अध्यक्ष तथा नगर अध्यक्ष पुनले आग्रह गर्नु भयो ।नगर अध्यक्ष दिनेश पुनको अध्यक्षता,उपाध्यक्ष चिन्ता परियारको स्वागत मन्तव्यमा रहेको कार्यक्रमको संचालन सचिव भरत पोख्रेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma