Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय चुनावमा सत्तारुढ गठबन्ध दलहरूसंग आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरूले गठबन्धमा जाने धारणा राखेपनि डा। शेखर कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने धारणा राखेका थिए।

चुनावी गठबन्धनमा पार्टीभित्र विवाद भएपछि मध्यमार्गी बाटोबाट आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिएको हो। पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले तालमेलबारे पार्टीभित्र कुनै विवाद नरहेको र सर्वसम्मतीका आधारमा कांग्रेस एक्लैले जित्ने ठाउँहरूमा बाहेक स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma