Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा निशुल्क आंखा शिविर सम्पन्न ५१० जना लाभान्वित ।।


नवराज पौडेल चन्द्रौटा कपिलवस्तु ।।
चैत्र १७ गते विहिबार

कपिलवस्तुकोे शिवराज नगरपालिका वडा नम्वर ३ खरेन्द्रपुरमा निशुल्क आंखा शिविर सम्पन्न भएको छ । विहिबार लायन्स क्लव अफ शिवराजको आयोजना तथा बुटवल लायन्स आंखा अस्पतालको प्राधिविक सहयोगमा सम्पन्न शिविरबाट ५१० जना आंखा रोगीहरु लाभान्वित भएका छन् ।
विभिन्न सामाजिक क्षेत्रमा अग्रसर लायन्स रहेको क्लवले आयोजना गरेको कार्यक्रममा वडा नं ३ तथा नगरभित्रका ५१० जनाले आंखाको चेकजांच गराएको र ४८ जनालाई मोतियाविन्दुको अप्रेशनका लागी बुटवल रिफर गरिएको क्लवका अध्यक्ष कमल पाण्डेयले जानकारी दिनुभयो ।
शिविरलाई सम्बोधन गर्दै वडा नंम्वर ३ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी टेकलाल सापकोटाले लायन्स क्लवले आंखा जस्तो संम्वेदनशिल अंगको निशुल्क चेकजांच तथा औषधी उपचारको व्यावस्था गरेकोमा क्लवलाई धन्यबाद दिंदै दश हजार रुपिया सहयोग गर्नु भएको थियो ।

शिविरमा आएका विरामीहरुलाई निशुल्क औषधी वितरणका लागी सो सहयोग गरेको उहांले बताउनुभयो । उहांले शिविर जस्तै अन्य विभिन्न सामाजिक काममा अग्रसर रहन क्लवलाई आग्रह गर्नुभयो ।
आंखा शिविर कार्यक्रलाई सम्बोधन गर्दै बुटवल लायन्स आंखा अस्पतालका क्याम्प इन्र्चाच अखलेस यावदले शिविरमा उपस्थित आंखाका रोगीहरुको भोलि दिउंसो ३ बजे सम्म निशुल्क औषधी उपचार तथा अप्रेशनको व्यावस्था गरिएको जानकारीदिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma