Home जिल्ला समाचार, समाचार बुद्धभूमि ५ राजपुरमा एमालेको पार्टी कार्यालय उद्घाटन
जिल्ला समाचारसमाचार

बुद्धभूमि ५ राजपुरमा एमालेको पार्टी कार्यालय उद्घाटन

कपिलवस्तु – नेकपा एमाले बुद्धभूमि नगरपालिका वडा नं.५ राजपुरले पार्टीको कार्यालय उद्घाटन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै पार्टीको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन आज एक कार्यक्रमका बीच प्रेमनगरमा पार्टी कार्यालय उद्घाटन गरिएको हो । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा क्षेत्र नं.२ सहईन्चार्ज पिताम्बर खनालले पार्टी कार्यालयको उद्घाटन गरेको वडा कमिटि अध्यक्ष रोमबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सहईन्चार्ज खनालले आसन्न तीन तहकै निर्वाचनमा पार्टीलाई थप सुदृढ बनाउन निर्देशन दिनुभयो । एमाले नेतृत्वको सरकारले गरेका काम कारबाहीलाई जनता समक्ष लएर जान उहाँले आग्रह गर्नुभयो ।

एमाले बुद्धभूमि नगर अध्यक्ष जेवी प्रसाद बेल्वासेले वडा, गाउँ, नगरको समग्र विकासको लागी एमालेले निर्वाचन जित्नुपर्ने बताउनुभयो । उहाँले एमालेलाई निर्वाचनमा जसरी पनि जिताउन लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दैै एमाले बुद्धभूमि ईन्चार्ज मिनराज बेल्वासेले एमाले पार्टी मात्र देश विकासको आधार स्तम्भ भएको दाबी गर्नुभयो ।

एमले जिल्ला कमिटि सदस्य तथा बुद्धभूमि सहईन्चार्ज रुपेश कुमार श्रेष्ठले अन्य पार्टीको अवस्थालाई बुझेर सोही अनुसार रणनिति तय गर्दै एमालेले जित हासिल गर्नूपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य कृष्ण भट्टराई, खोम बहादुर थापाले मन्तव्य राख्दै कार्यक्रममा एमालेसंग मात्र देश विकासको लागी निति तथा कार्यक्रम रहेको र सोही अनुसार देशले मुहार फेर्ने दाबी गर्नुभएको छ ।

वडा कमिटि अध्यक्ष थापाले स्थानीय तहको चुनावमा एमालेले जित हासिल गर्ने दाबी गर्नुभएको छ । उहाँले गठबन्धनलाई एमाले एक्लैले परास्त गर्न सक्षम रहेको समेत बताउनुभयो ।

वडामा पार्टीलाई थप मजबुत बनाउन आफुहरु कटिबद्ध भएर लागी रहेको उहाँको भनाई छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै वडामा पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाईरहेको र आफुहरु पाटीको जित सुनिश्चित गर्नतर्फ लागेको बताउनुभयो ।

कार्यक्रम एमाले नगर उपसचिव पदम बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर