Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजको चोरखोला गाउँनै कांग्रेसमा प्रवेस

कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोलाको पुरा गाउँ नै नेपाली कांग्रेसमा प्रवेस गरेको छ । नेपाली कांग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले चोरखोलाको ३५ घर परिवारलाई कांग्रेसमा प्रबेस गराएको कांग्रेसले बताएको छ । प्रतिनिधि सभा सदस्य साहको बजेट निर्माण भएको खानेपानी ट्याङ्की उदघाट्नको अवसरमा उनिहरु काङ्ग्रेसमा प्रबेस गरेको युवा नेता राजु खरालले बताए । कुल ३५ घर रहेको चोरखोलाका स्थानीय शुद्ध पिउने पानीको अभावमा जिवनयापन गर्न बाध्य भएका थिए । नबप्रवेसिहरुलाइ सासद साह , युवा नेताहरु अजय थापा , राजु खराल , पुर्व क्षेत्रीय सभापती भवनराज पौडेलले पार्टिमा स्वागत गरेका थिए । पार्टी प्रबेस तथा खानेपानी उदघाटन गरेका सासद साहले जनताको आधारभुत आवश्यकता प्रती कांग्रेस जिम्मेवार रहेको बताएका छ्न । उनले बिकास निर्माण र जनताको आवश्यकताहरु पूरा गर्नको लागि कांग्रेस आवश्यक रहेको बताएका छ्न । युवा नेताहरु अजय थापा , राजु खरालले आधुनिक बिकास र जनताको जनजिवन उकास्नको लागि अबको निर्वाचनमा कांग्रेसको विकल्प नभएको बताएका छ्न ।नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य सेरबहादुर कठाएतको नेतृत्वमा पूरा गाउँ नै प्रवेस गरेको हो ।वडा सभापति फानेश्वर न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सयौ पार्टिका नेता कार्यकर्ता उपस्थिति भएको नेपाली कांग्रेस वडा न १ ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma