Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा वडा नंम्वर २ लाई हेर्ने दृष्टीकोण फरक छैन ः उप प्रमुख चौधरी ।

नवराज पौडेल चन्द्रौटा,,

कपिलवस्तु ,,

कपिलवस्तुको शिवराज नगरपालिका २ बालापुरमा सामुदायिक भवन उद्घाटन गरिएको छ । शिवराज नगरपालिकाको २० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको शनिबार एक  कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेंसका वडा सभापति प्रकाश न्यौपानेले अन्य वडा भन्दा वडा नंम्वर २ लाई हेर्ने हेर्ने दृष्टीकोण फरक भएको र विकास काम हुन नसकेको आरोप लगाउनुभयो । उहांले पांच वर्षको अवधीमा उपमेयर कोषबाट जनतालाई प्रत्यक्ष टेवा पुग्ने खालका कुनै काम नभएको बताउनु भयो ।


यता भवन समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले नगरपालिकाले वडा नंम्वर २ लाई हेर्ने दृष्टीकोण फरक नभएको बताउदै विभिन्न योजना सम्पन्न भएको बताउनु भयो । अहिले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका योजना सम्पन्न भएको बताउनु भयो । विरामी हुदां सिटामोलका लागी शिवपुर पुग्नु पथ्र्यो अहिले आफ्नै वडामा आधारभुत स्वास्थ्य सेवा संचालन भएको छ । हामी पांच वर्ष के कती विकास गरेका छौ ? त्यो तपाइहरुले प्रत्यक्ष देखीरहनु भएको छ चौधरीले भन्नुभयो ।


वडामा हुने विभिन्न क्रियाकलाप जस्तै बिवाह,पार्टी अन्य सामाजिक गतीविधीका लागी सामुदायिक भवनले टेवा पुग्ने बताउदै कुनै कार्यक्रम आयोजना गर्दा खाली चौर खोज्न जाने बाध्यता हटेको वडा नंम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो । सामुदायिक भवन मेरो भन्दानी हामी सबैको हो भन्ने हेतुले यसको संरक्षण गर्नुपर्ने र भवन संरक्षणका लागी आफुले सक्दो पहल गर्ने बताउदै उहाले नववर्ष २०७९को पावन अवसरमा सम्पुर्ण शुभकामना व्याक्त गर्नुभएको थियो ।


कार्यक्रममा वडा सदस्यहरु प्रभु चौधरी,जैसराम अहिर,पवित्रा चौधरी,चिन्का पासी, नेकपा एमाले वडा कमिटी अध्यक्ष राम कृष्ण रेग्मी,नेपाली काग्रेंसका वडा सभापति प्रकाश न्यौपाने,लगाएले सम्बोधन गर्नुभएको थियो । भने कार्यक्रम सामुदायिक भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष राजकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma