Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुका पालिका बाडफाडमा गठबन्धन सहमति नजिक

कपिलवस्तुमा स्थानीय निकाय वाडफाडमा गठबन्दन दलहरु सहमति नजिक पुगेका छन् । आज जिल्लाको चन्द्रौटामा बसेको वैठकले गठबन्धनको विकल्प नभएको र जिल्लाका सबै पालिकामा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दिनेश पुनले बताउनुभयो ।
आजको वैठकमा पाँच दलका प्रतिनिधिहरुले निर्वाचन केन्द्रित छलफल गरेका थिए । निर्वाचनमा साझा उम्मेदवार बनाउने र उनीहरुलाई जिताउन सबै नेता कार्यक्रता लागि पर्ने बताइएको छ । पालिका वाँडफाडको आन्तरिक तयारी भइरहेको र आगामी वैठकमा त्यस विषयले प्रवेश पाउने सहभागि एक नेताले बताए ।साथै आगामी बैठक २०७९ वैशाख ३ गते राजमो पार्टी कार्यालय जितपुर चार नम्बरमा बस्ने निर्णय गरिएको छ ।
नेपाली काग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु शाह, माओवादी केन्द्रका नेताहरु दिनेश पुन, उमा विका, अर्जुन सापकोटा, नेकपा एसका जिल्ला अध्यक्ष लंका बहादुर हमाल, केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री, प्रदेश सदस्य जिबलाल पौडेल जसपा केन्द्रिय सदस्य नारायण खनाल, प्रदेश प्रवक्ता अकरम पठान, राजमो तर्फबाट जिल्ला अध्यक्ष दधिराम आचार्य जनमोर्चा नेता शिव पौडेल लगायतका नेताहरुको बैठकमा सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma