Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कांग्रेसको शिवराज मेयरमा ८ उपमेयरमा ३ जनाको नाम सिफारीस

नेपाली कांग्रेस शिवराज नगरसमीतीले मेयर उपमेयर पदको लागी नाम सिफारीस गरेको छ । कांग्रेसले शिवराजमा मेयर पदको लागी ८ जना उपमेयरमा ३ जनाको नाम सिफारीस गरेको जनाएको छ । नगर समितिमा प्राप्त भएको निवेदन लाई नगर समीतीको वैठकवाट निर्णय गरेर क्षेत्र न ३ क को समितिमा सिफारीस गरिएको सचिव विष्णु पोखरेलले वताउनुभएको छ । मेयरमा हुमाकान्त खनाल , ईश्वरी प्रसाद पाण्डे , अजय थापा , जमसेर अली मिंया , हरिप्रसाद पोखरेल , विनोद नेपाल , कृष्ण प्रसाद पौडेल र गोविन्द वहादुर खत्रीको नाम सिफारीस गरिएको सचिव पोखरेलले जानकारी दिनुभएको छ । उपप्रमुखमा गोमा देवी पाण्डे , सारदा कार्की रायमाझी , र लक्ष्मी चौधरीको नाम सिफारीस गरिएको वताईएको छ । नगर सचिव विष्णु पोखरेलले कांग्रेस क्षेत्र न ३ क का सहसचिव दिनेश खनाललाई सिफारीस पत्र हस्तान्तरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma