Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा मजदुर बालबालिकाहरूका लागि अनौपचारिक कक्षा सञ्चालन

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका इँटा उद्योगमा कार्यरत ४० जना वालश्रमिकहरु लाई अनौपचारिक कक्षा सुरु गरिएको छ । नगरमा रहेका इँटा उद्योगमा कार्यरत रहेका बालमजुदरहरु लाई लक्षित गरी तीन महिने कक्षा सञ्चालन गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
सोमबार अनौपचारिक कक्षाको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले बालबालिकाहरूको अधिकारलाई कसैले रोक्न नपाउने बताउनुभयो । जुनसुकै देशका नागरिकका बालबालिकाहरूले पनि पढ्न पाउने अधिकार रहेकोले नगरले विभिन्न सङ्घ संस्था सँग सहकार्य गरी कक्षा सञ्चालन गरेको बताउनुभयो । ईटा उद्योग सगै अन्य क्षेत्रमा पनि बालश्रमिकको अवस्था रहेकोले शिक्षाको पहुचमा भन्दा बाहिर रहेका बालवालिकाहरुलाई समावेश गर्नुपर्ने उहाँको भनाई छ ।
इँटा उद्योगीहरूले मजदुर राख्दा उनीहरूका बालबालिकाहरूको अवस्था र शिक्षणको बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो ।इँटा उद्योगका मजदुरका बालबालिकाहरू श्रममा लागेर शिक्षण तर्फ ध्यान नदिएकोले यसमा सजग हुनुपर्ने बताउनुभयो । ‘मजदुर भर्ना गर्दा नै बालबालिकाको बारेमा बुझेर राख्नुहोला, मेयर अधिकारीले भन्नुभयो, ‘बालबालिकाहरूलाई काममा लगाएको पाइएमा नगरले उद्योग नवीकरण गर्दैन, त्यसैले सजग रहनुहोला,। ’


बालबालिकाहरूलाई शिक्षाको पहुँचमा पु¥याउनको लागि अनौपचारिक शिक्षा सुरु गरिएको शिवराज नगरपालिका शिक्षा शाखाका अधिकृत पूर्ण विश्वकर्माले बताउनुभयो । सिजन अनुसार कामदार आउने भएकोले सुरुको चरणमा तीन महिनाको लागि कक्षा सुरु गरिएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा तीन वटा मात्र इँटा उद्योगमा कार्यरत बालबालिकाहरूलाई कक्षा सञ्चालन गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो । जनता इँटा उद्योग,स्टार इँटा उद्योग र कपिलवस्तु इँटा उद्योगमा कार्यरत ४० जनालाई लक्षित गरेर कक्षा सञ्चालन गरेको उहाँको भनाई छ ।
कक्षा सञ्चालनमा सहजकर्ताकोे रूपमा शिवराज नगरपालिकाले कुस्लवती छिपिलाई छनोट गरेको छ । छिपिले दैनिक बिहान ११ बजे देखि १ बजे सम्म अध्यापन गराउने छिन ।उद्घाटन कार्यक्रममा बालबालिकाहरूलाई आवश्यक शैक्षिक सामाग्रीको दलित मानव अधिकार निगरानी समितिले व्यवस्थापन गरेको छ । कपि,कलम झोला लगायतका सामाग्री उपलब्ध गराएको अध्यक्ष परियारले बताउनुभयो ।
जिल्लाका अन्य पालिकाहरु सँग पनि सहकार्य गरि ईटा उद्योगमा कार्यरत बालवालिकाहरुका लागि कक्षा संचालनको तयारी भइरहेको परियारले बताउनुभयो । बालवालिकाहरुको लागि विभिन्न समयमा खाद्यन्य देखि अन्य सामाग्री पनि निगरानी समितिले विश्व शिक्षा अन्तर्गत सहयोग गरेको बताउनुभयो । दलित मानव अधिकार निगरानी समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार शिवराज नगरमा रहेका १२ वटा इँटा उद्योगमा ६९ जना बालबालिकाहरू कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma