Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपाल आएर खुसी लागेकाे छ, डब्ल्यूएचओले सहयाेग गरिरहनेछ : डा. टेड्राेस

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ । 

आज बिहीवार काठमाण्डाै आइपुग्नु भएका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेट्नुभएको हो । भेटवार्ताका क्रममा नेपालमा विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।

भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आउँदा दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुसी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल आएर खुसी लागेको छ । हाम्रो सहयोग जनस्वास्थ्यका क्षेत्रमा रहिरहनेछ । हामीले सकेको सहयोग नेपाललाई गर्नेछौँ ।’

भेटवार्ताको क्रममा डा. गेब्रेयससले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma