Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पत्रकार खरालको उमेद्धवारी किन ?


कपिलवस्तु,,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका लागी प्रभावशाली युवा नेता राजु खराले उमेदवारी दिनु भएको छ । खरालले स्वास्थ्य,शिक्षा,खानेपानी,विकास निर्माण,सिचाई लगाएत भौगोलिक विकटता ले पछि परेको वडा नं ३ को समग्र समुन्नत विकासका लागी आफुले उमेद्धवारी दिएको बताउनु भयो ।

विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल रहनुभएका नेता खरालले वडामा आफ्नो विकल्प अरु नभएको बताउनु भयो । खराल विगत २ दशक देखि कपिलवस्तुका विभिन्न संचार माध्यममा आवद्ध रहि समाज रुपान्तरणमा मुख्य भुमिका निर्वाह गर्दै आइरहनुभएको र जनताको सेवा गर्ने उदेश्यले उहांले उमेद्धवारी दर्ता गराउनु भएको हो ।
कांग्रेशको बलियो पकड मानिएको शिवराज ३ मा युवा खरालको उम्मेदवारी दर्ताले अझै महाहोल तातेको छ । शिवराज ३ का भितरीया , मदवा , खरेन्द्रपुर ,वलुहवा कटुवा,लगायतका गाउँमा खरालको पकेट क्षेत्र मानिएको छ । सरल र संचार क्षेत्रवाट राजनितिमा लागेका खराल कांग्रेशबाट निर्वाचनमा होमिए पछि अझै चर्चा चलेको छ । सबैका लोकप्रिय बन्न सफल युवा भएकै कारण पनि वडा नंम्वर ३मा बलियो उम्मेदवारको रहनु भएको छ ।


यसैविच खराल संगै वडा सदस्यहरुमा हरिलाल चौधरी, मैगुन निसा मिया,रानु सुनार,र खड्क बहादुर विष्टले वडा सदस्यको उमेद्धवारमा नाम दर्ता गरानुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma