Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

मेयरमा अब्बल रजत

मोफसल खबर

सरल स्वभावको धनी रजत प्रताप शाह,आलोचनालाई सुझावको रूपमा लिने र विकासमा तत्पर रहने एक पत्र । जो कृष्णनगरको विकासमा अहोरात्र खटेका छन् । भारत सँग जोडिएको यो पालिकामा काम गर्न सहज भने छैन् । विभिन्न समयमा सीमा क्षेत्रमा हुने अवस्थालाई पनि सहजता बनाउन विभिन्न कूटनीतिक सँगै दुई देश बिचमा सम्बन्धलाई थप प्रगाढ बनाउने काम शाहले गरेको पाइन्छ ।
२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर पनि अत्यधिक मतले विजयी हासिल गरेका शाह अहिले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् । नेपाली काग्रेसवाट उम्मेदवार रहेका शाह अहिलेको अवस्थामा अब्बल देखिएका छन् । ५ वर्षको अवधिमा असहजताका बिच पनि नमुना काम गरेर चर्चा कमाएका रजत यस पटक पनि निर्वाचन जित्नेमा ढुक्क छन् । शाहलाई कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहको पनि अहिले साथ रहेको छ ।
विगत ५ वर्षमा कृष्ण नगरलाई केहि फरक बनाउने प्रयास गरे अझै धेरै कामहरू वाकी छन् ती कामहरू पुरा गर्नको लागि मैले उम्मेदवारी दिएको छु शाह भन्छन् जनताले चाहेमा कृष्ण नगरलाई नमुना नगरको रूपमा विकास गर्ने छु । शाहले उम्मेदवार हुँदैमा निर्वाचन नजितिने बत्ताउँछन् । जनताका समस्यालाई कुशलता पूर्व समाधान गर्न सकेमा मात्र जनताप्रेमनि बन्न सकिने उनको भनाई छ ।
अन्य उम्मेदवारको तुलनामा शाह थप बलिया छन् । ५ वर्षको कामले पनि उनलाई बलियो बनाएको स्थानीयहरूको भनाई छ । बिहानै देखि राती सम्म नागरिकहरूको सेवामा तत्परता देखाउने शाहको घरमा समस्या लिएर आउने मात्र होइन नागरिकहरिको घरघरमै पुगेर पनि सेवा गर्ने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma