Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सेलिब्रेटि बनाइएकि थारु र राष्ट्र्का लागि योगदान गरेका पुन

कपिलवस्तु – शिवकुमारी थारु र दोर्ण बहादुर पुन दिनेश यि दुबै व्यक्ति शिवराज नगरपालिका उप प्रमुख पदका दाबेदार हुन । अन्य दलहरुबाट पनि नगर प्रमुख र उप प्रमुखका उमेद्धारहरु रहेपनि उपप्रमुख पदका उमेद्धारमा अलि चर्चामा रहेका यि दुई नाम हुन । दिनेश हसिया हथौडा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन भने शिव कुमारी सुर्य चिन्हबाट प्रतिस्पर्धा गदै छिन । थारु गत निर्वाचनमा नेकपा एमालेबाट शिवराजको उप मेयरमा विजयि भएर एक कार्यकाल पुरा गरेकि हुन भने पुन नेकपा माओवादि केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष हुन । देशकै कान्छि उपमेयरको रुपमा चिनीएकि थारुलाई कामबाट भन्दा पनि नाम र उमेरबाटै सेलिब्रेटि बनाईएको छ ।

स्नातक तह पढ्दै गरेकि थारुलाई २०७४ को निर्वाचनमा नेकपा एमालेबाट शिवराजको उप मेयर पदमा उमेद्धारी बनायो र विजयी पनि भइन तर विजयि भएर कामबाट भन्दा पनि उमेरबाट चिनिएकि थारुले कति काम गरीन भन्ने नगरबासिलाई प्रष्ट थाहा नै छ । एमाले अध्यक्ष ओलिसगंको भेटघाटले उनलाई माथि लिंक भएको भनेर सबैले सेलिब्रेटि नै बनाईदिए । नगर भित्रका भित्रि बस्तिहरुका समस्या बुज्न समेत पुग्न नभ्याउने थारु केपि ओलिलाई भेट्न र विदेश भ्रमणमा समेत जान भ्याइन । विभिन्न टोलका नागरीकहरुसगं बुझ्दा गत निर्वाचनमा भोट माग्न गाउँमा पुगेकि थारु पुन अहिले भोट माग्नकै लागि घर घरमा हात जोड्दै पुग्ने गरेकि छिन । ५ बर्षे कार्यकालमा काम गरेको भए अहिले हात जोड्दै घर घर पुग्नुपार्ने आवश्यक थिएन होला सायद ।

उनि कामबाट भन्दा पनि उमेर र थारुको नामले नै सेलिब्रेटि बनाईएकि एक महिला उपमेयर हुन । दिनेश पुन नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादिका तर्फबाट शिवराज नगरपालिकाको उप प्रमुख पदका साझा उमेद्धार हुन । देशका लागि ठुलो योगदान गरेर आज यो ठाउँसम्म आउन सफल भएका छन । वि स २०५५ सालमा वाई सि एल टोल कमिटिमा आवद्ध भई राजननितिक यात्रा तय गरेका पुन वाइ सि एल प्रवेश गरेको केहि समय पछि उक्त संगठनको एरिया कमिटि सदस्य बने । विस २०५६ साल अषाढ १ गते दिनेशको जिवनले फरक मोड लियो । देशमा माओवादि आन्दोलनले गति बढाउदै थियो । यता देशभरबाट कार्यकर्ता थपिने क्रमले तिव्रता पाउदै थियो र त्यहि बेला दिनेश भुमिगत जीवनमा समाहित भए ।

विस २०५६ मंसिर ५ गते पार्टिको आधिकारिक सदस्यता प्राप्ति गरी दिनेशले ऐतिहासिक अवसरमा आफुलाई जोड्न सफल भए । विस २०६१ सालमा दिनेशलाई फेरी डिभीजन हेडक्वाटर रोल्पामा सरुवा गरियो । हेडक्वाटरमा सरुवा गरे पछि दिनेश जनुमक्ति सेना बनेर काम गर्न सुरु गरे । उनले सेनामा काम गर्दा विभिन्न स्थानको कारवाहिमा सफल्ता पुर्वक जित हासिल गरे । भालुवांग ,रुकमको खारा , अर्घाखाचीको सन्धिखर्क , कपिलवस्तुको तौलिहवा , कृष्णनगर , गुरासे , रोल्पाको दुम्ला , लगायतको स्थानमा माओवादि जनमुक्ति सेना बनेर डटेर लडे । थुप्रै युद्ध लडेका दिनेशले रोल्पाको भिडन्तमा ८१ एम एमको बिस्फोट सहनु पर्यो । उनि घाईते भए र केहि समय उपचारमा बिताए । समय वित्दै गयो सरकार र माओवादि बिच शान्ति समझौता भयो ।

यसरी राष्ट्रका लागि लामो समय विताएका पुन सानै देखी संर्घषमा होमिएका दिनेश समान्य ब्यववहार र सैदान्तिक बुझाई रहेका ब्यक्ति हुन । उनमा प्रलोभन र ब्यक्तिगत स्वार्थका कुनै लालच छैनन् उनि जहा रहे पनि पुर्ण ईमान्दारीका साथ आफनो जिम्मेवारी पुरा गर्ने पात्र हुन । शिवराजको समग्र रुपबाट हेर्दा शिवराज नगरको उप प्रमुख पदका लागी दोर्ण बहादुर पुन दिनेश अब्बल उम्मेदवारका रुपमा देखिएका छन । वडा गत रुपमा आउन सक्ने मत र थारु समुदायको बिभाजन हुने मतलाई मध्य नजर गर्दा पुन अब्बल उम्मेदवार देखिएका हुन । पुनलाई नेकपा एमालेकी उम्मेदवार शिव कुमारी थारु र जसपा पार्टिकी उम्मेदवार प्रमिला चौधरीको प्रतिस्पर्धा देखिएको छ । वडागत रुपमा हेर्दा पनि नेकपा ऐमालेको वडा नं १ बाट शिव कुमारीलाई यो पटक आउने मत कमी रहनेछ भने अन्य वडाबाट प्रतीस्र्धा गरी जितेर आउने संभावना न्युन छ ।

वडागत रुपमा २,३,५बाट शिवुकमारी लाई केहि मत आउने छ भने तिनै वडाबाट शिव कुमारीको हाराहारीमा दिनेशको मत रहने छ । दक्षिण तर्फ प्रमिला चौधरीको मत उकासिने छ भने प्रमिला लाई टक्कर दिनका लागी दिनेशले वडा नं ६,७ र ८ बाट आउने मतले क्षति पुर्ति गर्ने छन । अनत्यमा माओवादि केन्द्रको लाल किल्लाका रुपमा रहेको वडा नं ९ शिवगढीबाट प्राप्त मतले दिनेशलाई अग्र स्थानमा पुयाउने छ भने त्यसको प्रतिस्र्धाका लागी शिवकुमारी थारु र प्रर्मिला चौधरीले दिनेलाई कडा प्रतिस्पर्धीका रुपमा स्वीकार्नु पर्ने स्थिीती देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma