Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ७४ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १२ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ५० जना निको भएका छन् । 

नेपालमा हाल १ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma