Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजका मेयर थापाको एक्सन : सम्झौता विपरित उत्खनन गर्ने लाई कारबाहि ।।



मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नदिजन्य पदार्थ उत्खननमा सम्झौता विपरित गर्ने ठेकेदार कम्पनीलाई कारबाहि गर्नु भएको छ । नगरको ३ वटा नदिमा नदिजन्य सामाग्री उत्खननको ठेक्का पाएका कम्पनीले सम्झौता विपरीत काम गरेको भन्दै कारबाहि गरिएको थापाले बताउनु भयो ।
आर्थिक बर्ष ०७८÷०७९ को नदि जन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) उत्खननका लागी ठेक्का पाएको मैनारी खोलाको खनाल कन्ट्रक्सन, सुकबेल खोलाको ओमशान्ति कन्ट्रक्सन र जोकोही खोलाको खड्का काष्ठ तथा फर्निचर सप्लायर्सले सम्झौता विपरित उत्खनन गरेको पाइएकोले कारबाहि गरिएको मेयर थापाले बताउनु भयो । नदि जन्य समाग्रीमा मापदण्ड विपरित उत्खनन गरेको पाइएकोले तिन वटै खोलाको ठेक्का २०७९ जेठ २३ गते देखि लागु हुने गरी रद्ध गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी धरौटी जफत गर्ने , कालो सुचिका लागी कार्यपालिकामा सिफारस गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भयो । पटक पटक सचेत गराउदाँ समेत अटेरी गरी सम्झौता विपरित उत्खनन गर्ने गरेको स्थलगत अनुगमनमा पाइएकोले कारबाहि गरिएको अर्यालले बताउनु भयो । कारबाहिमा परेका ठेक्का कम्पनिले डम्पिङ्ग गरी राखेको नदि जन्य सामाग्री समेत उठाउन नपाउने र सो सामाग्री नगरपालिकाको हुने अर्यालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma