Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा नगर स्तरिय कराते प्रतियोगिता सम्पन्न ।।

नवराज पौडेल कपिलवस्तु ।। जेठ २५ गते बुधबार,,

कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा नगर स्तरिय कराते प्रतियोगीता सम्पन्न भएको छ । मंगलबार शिवराज नगरपालिका भित्रका विभिन्न डोजोका खेलाडी विचको प्रतिस्पर्धामा प्रतियोगिता सम्पन्न भएको हो । नगर स्तरिय प्रतियोगितालाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अयय थापाले कराते खेल अत्यन्तै खेलाडीहरुका लागी फलदायी हुने बताउदैं विषेश गरि किशोरीहरुको आत्मरक्षाका लागी अत्यन्तै आवश्यक पर्ने बताउनु भयो । बुद्ध शक्ती कराते डोजो चन्द्रौटाले विगत देखी नगरपालिकाका विभिन्न विद्यालयहरुमा आत्मरक्षाका तालिम संचालन गरेकोले आभार प्रटक गर्नुभयो । शिवराज नगरपालिकाका हरेक चेलीहरुले आत्मरक्षा गर्न सक्नुपर्छ यसका लागी हामी नगरपालिकाबाट सहयोग गर्न तयार छौं थापाले भन्नुभयो । थापाले कराते खेल विकासका लागी नगरपालिका पछि नहट्ने शिवराज नगरपालिका वडा नम्वर ९ मा बन्न लागेको कवडहलका निर्माणका लागी आफुहरुले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
यसैगरि प्रतियोगीतालाई सम्बोधन गर्दै व्यापारसंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रलले कराते खेलको माध्यमबाट शिवराजलाई अन्र्तराष्ट्रिय जगतसम्म चिनाउन सकेको बताउंदै शिवराज नगरपालिका भाग्यमानी रहेको बताउनुभयो । कराते खेलको हव बन्दै गएको शिवराज पालिकामा आफ्नै कवडहलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता आयोजना गर्न सफल होस भन्दै शुभकामना व्याक्त गर्नुभयो ।
शिवराज नगरपालिका वडा नं ९ मा बन्दै गरेको कवडहलका लागी आफुले प्रदेश देखी केन्द्र सम्म पहल गरेको र आगामी दिनमा समेत आफु लागी पर्ने वडा ९ का पुर्व अध्यक्ष चुर बहादुर खड्काले बताउनुभयो ।
प्रतियोगीतालाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समीतीका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले शिवराज नगरपालिकामा खेलप्रेमी अविभावकहरु भएकाले शिवराजमा कराते खेलको विकास भएको बताउनु भयो । शिवराजलाई अझै खेलकुदमय बनाउनका लागी आफुले जिल्ला खेलकुद विकास समितीको तर्फबाट नगरपालिकाका संग समन्वय गर्ने बताउदै उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई प्रदेश स्तरबाट सहयोग गरिने बताउनु भयो ।
प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै बुद्धशक्ती कराते डोजोका प्रशिक्षक रामु सुनारले शिवराजमा कराते खेललाई यो अवस्था सम्म पुराउन यहांका खेलप्रेमी महानुभावकोहरुको साथ पाएकोमा आभार प्रकट गर्नुभयो । आगामी दिनमा शिवराज नगरपालिकामा यस्तै किसिमका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोताका खेल आयोजना गरिने बताउनु भयो । गत ५ वर्षको अवधीमा कराते खेलको विकासका लागी अहोरात्र खटिनुभएका वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष एंव समाजसेवी चुर बहादुर खड्को खलेरै प्रशंसा गर्दै सम्मान र दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो । प्रतियोगितामा काता र कुमुतेमा गरि २०० बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma