Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

मनकामना सामुदायिक बनले कम्पोष्ट मल मल तयार गर्दै


दिपक के.सी.
कपिलस्तु , जेठ २६
कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका सामुदायिक बनहरुमा बनमा झरेका पातपतिङगंर संकलन गरी बन भित्र नै कम्पोष्ट मल बनाउन सुरु गरिएको छ ।


सामुदायिक बन क्षेत्र भित्र मल तयार गर्न खडल बनाई झरेका पातपतिङगंर संकलन गरिएको छ । गौत्तमबुद्ध कपिलवस्तु डिभिजन बन कार्यालयको ५० प्रतिशत लागत र सामुदायिक वनको ५० प्रतिशत लागतमा मल तयार गर्न लागिएको मनकामना सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष राम बहादुर के.सी.ले बताउनु भयो । मनकामना सामुदायिक बन अन्र्तगत वडा नं. १ को वन क्षेत्रमा २० मिटर लम्बाइ, १० मिटर चौडाइ र डेढ मिटर गहिराइमा मल बनाउन लागेको उहाँले बताउनु भयो ।
गर्मि मौषममा बाक्लो सुक्का पातपतिङगंरका कारण जंगलमा आगलागीको घटना हुने हुदाँ सो दुर्घटनाबाट बन लाई बचाउन र वनको आम्दानीको स्रोत बढाउन कम्पोष्ट मल बनाउने कार्य उपयोगी हुने मनकामना सामुदायिक वनका उपाध्यक्ष भरत पौडेलले बताउनु भयो । मल बनाउनका लागी खडलमा पहिलो तहमा प्लाष्टिक ,दोस्रो तहमा बस्तुभाउको गोबर, तेस्रो तहमा सुख्खा पात पतिगंर प्रयोग गरिएको अध्यक्ष के.सी.ले बताउनु भयो । बन पनि सफा हुने मल पनि उत्पादन हुने भएकोले यसले दोहोरो फाइदा पुग्ने उहाँले बताउनु भयो । सुख्खा पातपतिङगंरले खडल भरिए पछि माथीबाट हरियो स्याउला राखेर प्लाष्टिकले पुरै छोपेर राखे पछि करिब ६ महिनामा कम्पोष्ट मल तयार हुने के.सी.ले बताउनु भयो ।


तयारी मल खेतिका लागी उपयुक्त हुने र यसले उत्पादनमा समेत बृद्धि गर्ने भएकाले अहिले नै मल खरिद गर्नेहरु सम्पर्कमा आइसकेको मनकामना सामुदायिक बनका सचिव धनिराम थारुले बताउनु भयो । मल तयार भए पश्चात उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखि सहुलियमा वितरण गरिने र अन्यलाई बजार मुल्य भन्दा सस्तो मुल्यमा प्रदान गरिने सामुदायिक बनका अध्यक्ष के.सी.ले बताउनु भयो । शिवराज नगरपालिकामा मनकामना, एकिकृत सुरही र चेतनशील सामुदायिक बनले वन क्षेत्रमा नै अर्गानिक मल उत्पादन सुरु गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma