Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज नगर प्रमुख थापा द्धारा डुबान क्षेत्रको अनुगमन


मोफसल खबर
जेठ २७
कपिलवस्तुको शिबराज नगरपालिका नगर प्रमुख अजय थापाले नगर क्षेत्रमा बर्षाको समयमा डुबान हुने डुबान क्षेत्रको अनुगमन गर्नु भएको छ । बर्खाको समय सुरु हुने क्रम सगै नगरमा डुबान बाट प्रभावित हुने स्थानहरुको पहिचान गर्न अनुगमन गरिएको हो ।


नगर प्रमुख थापाले नगरको वडा न १, २, ५ र ६ का डुबान हुने क्षेत्रमा सोही वडाका वडा अध्यक्षहरु र प्राबिधिक टोलि सहित अनुगम गर्नु भएको हो । अनुगमनमा क्रममा डुबानको उच्च जोखिममा रहेका ठाउँहरुमा तत्काल नाली सफा गर्न , नाली नभएका स्थानमा नाली निर्माण गर्न र तत्काल काम काम शुरु गर्न प्राबिधिक टोलिलाइ निर्देशन समेत दिनु भयो ।

डुबान क्षेत्रका वडाका वडा अध्यक्षहरु वडा नं. १ का वडा अध्यक्ष विक्रम के.सी., वडा नं. २ का वडा अध्यक्ष राम बहादुर चौधरी, वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्बासे, र वडा नं. ६ का अध्यक्ष मेहताब आलम खाले डुबान क्षेत्रका नालीहरु सफा गर्ने र नयाँ नाली बनाउनु पर्ने स्थानमा नयाँ नाली बनाउन आफुहरुले प्राविधी टोली संगको सहकार्यमा भोलिबाट नै काम सुरु गर्ने भएका छन ।


नगरको चन्द्रौटा पुरानो बजार, सहज टोल , बालापुर , सोनपुर लगायतका गाउँका नागरिकले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन । यस बर्ष पनि बर्खाको मौसम सुरु हुनै लाग्दा डुबानबाट बचाउन अग्रीम तयारीका लागि स्थलगत अनुगमन गरिएको हो । डुबान समस्याको दीर्घकालीन समाधानको लागि नगरले आगामी नीति तथा कार्यक्रममा योजना बनाइ समाधान गरिने नगर प्रमुख थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma