Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।

स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे । बैठक नै बरालिएको थियो ।

हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma