Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बाणगंगा बालश्रम मुक्त पालिका घोषणा

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ । शुक्रबार आव ०७९/०८० को बजेट सार्वजनीकरण कार्यक्रमको अवसर पारेर बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको हो ।

११ वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको नगरपालिकाले जनाएको छ ।

बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसंगै बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

सरकारले विं.स. २०८२ सम्ममा सिंगो नेपाललाई बालश्रम मुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप बाणगंगालाई शुक्रबार बालश्रम मुक्त गरिएको हो । घोषणासभामा नगरभित्र रहेको बालश्रमको स्थिति, नगरको गरेको कामको बारेमा सुशीला पन्तले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बालश्रम मुक्त घोषणा सभामा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी थारु, निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसर पारेर बालश्रम मुक्तका लागि विभिन्न ढंगले सहयोग गर्ने संघ संस्था, कर्मचारीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma