Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बाख्रा प्रर्वद्धन कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ रहतकोलमा रहेको नन्दकाली बाख्रा फार्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुको बाख्रा प्रर्वद्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानको कार्यक्रमको सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा नन्दकाली बाख्रा फार्मका व्यवस्थापक ज्ञानेन्द्र लामिछानेले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुकोले भुसेलो निर्माण र घाँस डाले घास , विरुवा खरिद, ढुवानीका लागी ५० प्रतिशत अनुदान रु. २ लाख र फार्मको लगानी २ लाख गरी ४ लाखमा बाख्रा प्रर्वद्धन कार्यक्रम अन्तर्गत भुसेलो निर्माण र घाँस डाले घास , विरुवा खरिद गरिएको आय व्याय सार्वजनिक गर्नु भएको थियो ।

अनुदानको कार्यक्रमले कृषक र पशुपालकहरुलाई हौसला प्रदान गरेको भए पनि प्रक्रिया झन्झटिलो हुदाँ कृषकहरुलाई सहज नभएको उहाँले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिका पशु सेवा शाखा प्रमुख धनेश्वर खनालले ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागतमा बाख्रा प्रर्बद्धनका लागी गरिएको काम राम्रो रहेको बताउनु भयो । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य धनिराम थारु , स्थानिय समाजसेवी सरोकारवाला र संचारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma