Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विकासमा फड्को मार्दै —कृष्णनगर

कपिलवस्तु– कपिलवस्तु मुख्य ब्यापारीक क्षेत्र कृष्णनगर नगरपालिमा विकासले फड्को मारेको छ । केहि बर्ष अघि हिलाम्मे धुलाम्मले अस्तव्यस्त कृष्णनगर अहिले सफा र व्यवस्थित भएको छ । पुराना जीर्ण भौतिक पूर्वाधारहरु रहेको नगरपालिकामा नयाँ संरचनाहरु धमाधम बन्न लागेका छन । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, भौतिक पुर्वाधार विकासमा विशेष रुपले काम गर्दा अहिले विकासको गती लिएको छ ।

कृष्णनगर नगरपालिकाको बजार क्षेत्रमा अहिले नाली निर्माण, कालोपत्रे, आरसिसी, पिसिसी लगायत आवश्यकता अनुसार विकासका काम तिव्र रुपमा अगाडी बढेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । मेयर शाहको नगरपालिकालाई विकासित नगर निर्माणको योजना अनुसार विकासको काम अगाडी बढेको छ । नगरपालिकामा विकास निर्माणका कामले गति लिए संगै स्थानिय नगर बासी पनि खुसी भएका छन ।
आफ्नो गाउँमा बर्षायममा हिलोमा हिड्नुपर्ने बध्यता टरेको स्थानीयस रमेश यादवले बताउनु भयो । मेयरको कामले कृष्णनगर बासीमा खुसी ल्याएकास्थानिय रमजान अलि खानले बताउनु भयो । पहिलेको तुलनामा अहिले विकासको प्रत्यक्ष अनुभुती भएको स्थानीय नागरिक जिएम कसौधनले बताउनु भयो ।विगतको पाँच बर्षे कार्यकालमा सुरु गरिएका विकासका योगनाहरुले अहिले गति लिएको र प्रत्यक्ष अनुभूति हुने गरि विकास भएको मेयर शाहले जानकारी दिनु भयो ।नगर प्रमुख शाहले नागरिकको माग अनुसार विकासको योजनामा बजेट विनियोजन गरि निर्माण कार्य गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma