Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा पनि देखियोे ‘नाइरोबी फ्लाई’को संक्रमण

कपिलवस्तु – देशका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण पुष्टि भएका समाचार आइरहेका बेला यता कपिलवस्तुमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न ठाउँका मानिसहरुमा यसको असर देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । हालसम्म यसका संक्रिमित विरामी भने यकिन नरहेको उनले बताए । उनले सचेत रहन समेत आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लामा पनि नाइरोबी फ्लाईको कारण छालामा फोका उठ्ने तथा छाला रातो हुने समस्या देखिएको जनाएको छ । यो किराले नटोके पनि यसको शरीरमा हुने झुसमा हुने रसायनले गर्दा छाला पोल्ने, रातो हुने र फोका उठ्ने हुन्छ । स्वास्थ्य कार्यालयले यस्तो किरा कतै देखिएमा नछुन आग्रह गरेको छ भने रातिमा सुत्ने बेलामा झुल लगाएर मात्र सुत्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma