दिपक के.सी.
कपिलवस्तु असार २८
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवराज साझेदारी वनले निशुल्क फलफुलका विरुवा वितरण गरेको छ । साझेदारी वनले करिब ५ लाखको लागतमा विभिन्न जातका ७ हजार , २ सय २० फलफुलका विरुवाहरु वितरण गरेको हो ।

साझेदारीले कृष्णनगर नगरपालिकाको पुरुषोत्तमपुर, बहादुरगंज, शिवराज नगरपालिका वडा नं. २,५,६,७ र ८ का स्थानियलाई विरुवा वितरण गरिएको शिवराज साझेदारी वन सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले बताउनु भयो । अम्रपालि आप १ हजार चार सय, दशहरी आप २ हजार चार सय, सुन कागति एक हजार चार सय, लिचि एक हजार, अनार चार सय, कटहर चार सय, अमरुध २ सय बिस विरुवा वितरण गरिएको गुप्ताले बताउनु भयो ।

फलफुलका विरुवाहरु पुरुषोत्तमपुरमा ९ सय दुई वटा, बहादुगंजमा १ हजार आठ सय पाँच, शिवराज नगरपालिका वडा नं. ७ र ८ मा १ हजार आठ सय पाँच, शिवराज नगरपालिका वडा नं. २,५ र ६ मा दुई हजार सात सय सात वटा विरुवा वितरण गरिएको छ ।



प्रतिक्रिया