Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगरको न्यायिक समितिमा एक बर्षमा ५५ वटा उजुरी

दिपक के.सी.
कपिलवस्तु , असार ३१
कपिलवस्तुको विजयनगर गाउँपालिकाको न्यायिक समितिमा आ.व. २०७८/०७९ मा ५५ वटा उजुरी परेका छन । विभिन्न ११ शिर्षकमा न्यायिक समितिमा उजुरी परेको हो ।
गाउँपालिकाको न्यायिक समितिमा परेको ५५ वटा उजुरी मध्ये ३८ वटा उजुरी किनारा लागेको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मि कुमारी चौधरीले बताउनु भयो । उपाध्यक्ष चौधरीले आ.व.२०७८/०७९ मा जम्मा ५५ वटा उजुरी परेको बताउनु भयो । जसमध्ये मिला पत्रबाट किनार २०, निर्णयबाट किनार १८ र चालु अवस्थामा १७ वटा उजुरी रहेको बताउनु भयो । न्यायिक समितिमा इज्जत आमद अनुसार खान लगाउन नदिएको विषयमा ७, बाटो निकास सम्बन्धि २, घर जग्गा विवाद सम्बन्धि ३४, गालि बेइज्जति २, बालि नोक्सानी सम्बन्धि ३ , कुलो,नाली/निकास सम्बन्धि १, ज्याला मज्दुरी सम्बन्धि ४ वटा र अन्यमा २ वटा उजुरी परेको जानकारी दिनु भयो ।
न्यायिक समितमा परेको उजुरीहरुलाई दुबै पक्षको छलफलबाट समाधान गर्ने प्रयाय गरिने उपाध्यक्ष चौधरीले बताउनु भयो । न्यायिक समितिको काम कारर्वाहीलाई छिटो प्रवाहकारी बनाउन नगर प्रहरीको आवश्यकता रहेको समेत उहाँ बताउनु भयो । समितिमा उजुरी परेको हुन्छ हामीले पिडित÷पिडक दबै पक्ष संगको छलफलबाट मिलापत्र वा कारर्वाहीको निर्णय गर्नु पर्ने हुन्छ तर पिडक पक्ष समयमा नै उपस्थित नहुदाँ उजुरी परेको लामो समय सम्म पनि किनारा लाग्न सक्दैन । यदि नगर प्रहरी भए पिडित÷पिडक दबै पक्षलाई न्यायिक समितिमा उपस्थित गराउन सहज हुने थियो उपाध्यक्ष चौधरीले भन्नु भयो ।
गाउँपालिकाको न्यायिक समितिमा नाबालक छोरा/छोरीको पालन पोषण तथा शिक्षा दिक्षा नदिएको, घर बहाल सम्बन्धि,फोहोर मैला सम्बन्धि, सम्बन्ध विच्छेद सम्बन्धि विषयमा एक बर्षमा उजुरी परेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma