Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा ६० प्रतिशत रोपाई : खडेरीले धान सुक्यो

माधव बेल्वासे
चन्द्रौटा,३ साउन

कपिलवस्तुमा हाल सम्म ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा यस कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । यस वर्ष रोपाइँ गर्ने गरी असारमा एक दुई पटक मात्र पानी परेकोले रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रवीन्द्र चौवेको भनाई छ । उहाँका अनुसार गत वर्ष यो समयमा ८० प्रतिशत भन्दा बढीमा धान रोपाइँ भएको थियो ।
पछिल्लो एक महिना देखी पानी नपरेपछि धान रोपेका खेत चिराचिरा परेर फुट्न थालको छ । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरू फेरी खडेरी हुँदा मर्कामा परेका छन् । धान रोप्न तयार भएको बिउँ समेत सुकेको छ ।
कपिलवस्तुमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्प सेट वा नहरको पानी लगाएर धानको रोपाई गरी सकेका किसानलाई रोपाई पछि पानी पर्ला भन्ने आशा भए पनि पछिल्लो समयमा लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुने भएको छ ।
रोपेका धान सुकेको र खेत चिराचिरा परेको बिजयनगरका कृषक कृष्ण आचार्यले बताउनुभयो । पानी पर्ला भनेर रोपियो अहिले सबै सुकेको छ,नरोपेको धानको बिउ पनि सुकेर मर्न लागेको छ आचार्यले भन्नुभयो यो वर्ष समयमा पानी नपर्दा धान उत्पादन कम हुन्छ ।
कतिपय खेतहरूमा पम्प सेट देखी भूमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिँचाइ गर्ने प्रयास गरिएको छ । खेत रोपाइको समयमा जनतन रोपेका किसानहरूको खेत अहिले पानीको अभावमा धान पहेँलो हुन थाले पछि किसानहरू चिन्तित बनेका छन् । कपिलवस्तुमा कुल ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma