कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधवार दुई जनाको मृत्यु भएको छ । बुधवार बुद्धभूमि नगरपालिका ९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
बिहान साढे आठ बजे बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
त्यसै गरी, वाणगंगा नगरपालिका १० भावपुरमा लु २ च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ। बालिकालाई बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो ।


प्रतिक्रिया