Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कोरोनाले फेरि बजायो खतराको घण्टी, संक्रमणको चक्र तोड्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । हाल नेपालमा संक्रमणको चौथो लहर सुरु भएसंगै सङ्क्रमितको संख्या बढिरहेको हो । अबको केही हप्ता कोरोना सङ्क्रमण तिव्र गतिमा फैलिने र नियन्त्रणका लागि कठिन र चुनौतीपूर्ण रहने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ ।
अवको दुई तिन हप्तासम्म सङ्क्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र सङ्क्रमण घट्दै जाने मन्त्रालयले आङ्कलन छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्नसक्ने भएकाले चुनौती रहेको भन्दै कठिनपुर्ण समय आएको बताउनुभयो ।
सबैले आ-आफ्नो ठांउवाट उच्च सतर्कता अपनाउँदै खोप लगाउन छुटेकालाई खोप लगाउन आग्रह गर्दै मन्त्रालयले संक्रमणको चक्र तोड्नका लागि उपचार भन्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
मानिसले खोप नलगाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर झनै बढ्न सक्छ । अधिकांश मानिसले खोप लगाएका कारण अहिले अस्पताल भर्ना दर भने अन्य लहरमा भन्दा कम हुने स्वास्थ्य मन्त्रालयको आङ्कलन छ ।
अघिल्लो लहरमा भन्दा यो लहरमा अस्पताल भर्ना हुने संख्या कम भएको बताउनुहुन्छ सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन ।
त्यसो त चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी पनि बढिरहेका छन् । कडा खालको लक्षण देखिएका र मृत्युहुनेहरु पनि खोप नलगाएका बढी भएकाले चिकित्सकहरू खोप नै महत्त्वपूर्ण भएकाले खोप नलगाएकाले लगाउन र दुई मात्रा पुरा गरेकाले बुस्टर डोज लगाउन डा. पुनको आग्रह छ ।
कोरोनाको भाइरस एकदमै सङ्क्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । धेरैजसो सङ्क्रमितमा घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन र पसिना धेरै
यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या अहिले ५ हजार ६ सय ८६ जना पुगेको छ । सङ्क्रमित मध्ये ४७ जना आइसियुमा छन् भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसले फेरि पनि खतराको घण्टी बजाइसकेकाले सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुको विकल्प छैन । त्यसैले जटिलता आएपछि आत्तिनु भन्दा सङ्क्रमण फैलिन नदिन सबैले आ आफ्नो ठाउँबाट उच्च सावधानी अपनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma