Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विप्लवनिकट अखिल (क्रान्तिकारी)ले लगायो कपिलवस्तुका सबै क्याम्पसमा ताला

कपिलवस्तु – कपिलवस्तुका सामुदायिक क्याम्पसहरुमा बढेको शूल्क वृद्धिको विरोधमा विप्लवनिकट अखिल (क्रान्तिकारी) ले कपिलवस्तुका सबै क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

जिल्लाभरमा क्याम्पसमा वृद्धि भएको मासिक शूल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीले आग्रह गरेको छ । जिल्लाका सामुदायिक क्याम्पसहरुले २ सय २५ मासिक शूल्कमा वृद्धि गरेका छन् ।

उक्त शूल्क विद्यार्थी संगठनहरु बीचको सहमतिबाट कायम गरिएको थियो । यद्यपि अखिल (क्रान्तिकारी) ले यसमा असहमति प्रकट गर्दै तालाबन्दीमा उत्रिएको हो । जिल्लाको पब्लिक क्याम्पस संघ कपिलवस्तुले ९ सय ७५ मासिक शूल्कबाट शूल्क बढाएर १५ सय पुर्‍याएको थियो ।

यसको विरुद्धमा जिल्लाका ६ विद्यार्थी संगठनहरुले विरोध स्वरुप संघलाई ज्ञापनपत्र बुझाएका थिए । संघले साउन १९ गते विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएर ४ घण्टा लामो छलफल गरेको थियो । उक्त छलफल पश्चात १५ सय बाट घटाएर मासिक शूल्क १२ सय पुगेको थियो । अखिल (क्रान्तिकारी)ले भने शूल्क वृद्धि बढी भएको जनाएको छ ।

मंगलबार जिल्लाका सबै सामुदायिक क्याम्पसहरुमा तालाबन्दी गरिएको नेता विज्ञान क्षेत्रीले जानकारी दिए ।

आफ्नो संगठनले राखेको माग सम्बोधन नभए पछि क्याम्पस प्रसाशन र लेखा शाखामा ताला लगाउन बाध्य भएको क्षेत्री बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma