Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कृष्ण पौडेल विजयनगर
विजयनगर गाउँपालिकाले हिन्दु नेपालीहरुको महानपर्ब बडा दशैं शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा शुभकामना सगै सचेतनामुलक सन्देशहरु पनि दिईएको छ । चाडपर्बमा बजार र गाउँघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै यस्ता कार्य गर्न नदिन सबैलाई गाउँपालिकाले आग्रह समेत गरेको छ ।
कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता बढ्ने, भाईचाराको मेलमिलापको सम्बन्ध कायम हुने गरी पर्वहरु मनाउन र एक अर्कालाई सक्दो सहयोग गर्नेपर्ने कुरा बताउनु भयो । यो हामी सबैको दायित्व भएकोले शान्तिपुर्वक मनाउने कुरामा जोड दिनु भयो । यसरी नै हाम्रो धर्म सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुने बताउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुशी, उमङका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस आफ्नो दक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गर्नुभएको थियो । चाडपर्बमा बजार र गाउँघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै कसैले गैरकानुनी रुपमा त्यस्तो नगर्नु हुन आग्रह समेत गर्नु भएको थियो।

त्यसैतै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले पछिल्लो समय चाडपर्वहरु भड्किलो बन्दैजाँदा त्यसले श्रमिक तथा मजदुर बर्गलाइ समस्यामा पारेको बताउनुभयो । स्वस्थ र सभ्य तरिकाले चार्डपर्वहरु मनाउनु पर्नेमा जोड दिदै दशै पर्बमा नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिनुभएको थियो ।
कार्यक्रममा शकुन्तला भन्डारी, कौशिला घिमिरे, कार्यपालिका सदस्य टंक बहादुर सुनार, लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमा शिक्षक , कर्मचारी, सामजसेवि , बुद्धिजिवि , लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma