बाम लोकतान्त्रिक गठबन्धनको प्रदेश स्तरिय निर्वाचन कमिटी भेला सम्पन्न ।
नवराज पौडेल
बाम लोकतान्त्रिक गठबन्धनले आसन्न निर्वाचनलाई मध्य नजर गर्दै लुम्बिनी प्रदेश स्तरिय निर्वाचन कमिटीको भेला आज सम्पन्न गरेको छ ।
भेलामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदरहरुको परिचयात्मक कार्यक्रम सगै २०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ । निर्वाचन परिचालन मुल समिती सम्योजकमा लका हमाल, सह सम्योजक सरोज पौडेल , इन्तेखाव खान लगायत रहेको कमिटी गठन गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष लका बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एकीकृत समाजवादिका केन्द्रिय सदस्य भाग्वत बिश्वासिले आसन्न निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन सबै कमिटीहरु चुस्तदुरुस्त गराइ चुनावी मैदानमा होमिनु पर्ने बताउनु भयो ।
भेलाले घोषणा पत्र निर्माण समिती, आर्थिक परिचालन समिती, प्रचार प्रसार समिती, युवा परिचालन समिती, अनेम सघ, बिद्यार्थी लगायत१५ वटा उप समितिहरु र १६ वटामा वडा सम्योजक र सहसम्योजको जिम्मेवारी समेत प्रदान गरेको छ ।यस्तै भेलामा शिबराज नगरपालिका १ बाट नारायण रानाको नेतृत्वमा ५० जना युवाहरु एकीकृत समाजवादिमा प्रबेश गरेको नेकपा एकीकृत समाजवादिका शिबराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष पौडेलले बाम लोकतान्त्रिक गठबन्धनको औचित्य , कमिटी घोषणा लगायतको विषयमा बोल्नु भएको थियो । कपिलवस्तु क्षेत्र न ३ (क) तर्फ नेकपा एकीकृत समाजवादिका उम्मेदवार जिवलाल पौडेलले आफुले यस क्षेत्रको शिक्षा, स्वास्थ्य , पर्यटन र रोजगारलाइ विशेष प्राथमिकता दिदै आगाडी बढने प्रतिबद्वता समेत व्यक्त गर्न भएको थियो ।


प्रतिक्रिया