Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

स्थानीय सरकारसंग हातेमालो गर्छौ : नव निवार्चीत सांसद

कपिलवस्तुको क्षेत्र न ३ वाट निर्वाचीत प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले स्थानीय सरकार संग हातेमालो गरी अगाडी वढने वताउनुभएको छ । शिवराज नगरपालिकाले आज कार्यालयमा आयोजना गरेको वधाई तथा सुभकामना कार्यक्रममा सांसद गुप्ताले क्षेत्र न ३ शिक्षाको विकासमा पछाडी रहेकाले शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्ने वताउनुभएको छ । स्थानीय सरकार संग हातेमालो गरेर हरेक विकासका योजनमा काम गर्ने वताउनुभएको हो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केशिले शिक्षा स्वास्थय र रोजगारलाई प्राथमीकता दिएर क्षेत्रको विकासमा जुटने वताउनुभएको छ । प्रदेशको सवैभन्दा ठुलो सरुवा रोग अस्पतालको निर्माण प्रक्रिया अविलम्व सुरु हुने समेत वताउनुभयो ।
यस्तै प्रदेश सांसद जानकी प्रसाद यादवले क्षेत्रको विकासमा कुनै कसुर वांकी नराख्ने वताउनुभयो । जनताले नंया व्यतmीको खोजी गरेर आफुहरुलाई जिताएकाले जनताको आसालाई निरासा नवनाउने वताउनुभयो ।
नव निर्वाचीत जनप्रतिनिधिलाई सुभकामना दिदै नगर प्रमुख अजय थापाले स्थानीय सरकार संग सहकार्य गरी अगाडी वढन आग्रह गर्नुभएको छ । शिक्षालाई निशुल्क र सर्वसुलभ वनाउने आफनो योजना रहेकाले साथ दिन आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले स्वागत गर्दै सफल कार्यकालको सुभकामना व्यतm गर्नुभएको छ । नवनिर्वाचीत सांसदहरुलाई खादा मालाले सम्मा गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma