Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

सुपर कृष्णनगर यातायात सेवा प्रा.लि.संचालनमा

मोफसल खबर
पौष २५
कलिवस्तुको कृष्णनगरमा यात्रुहरुका सहजताका लागि सुपर कृष्णनगर यातायात सेवा प्रा.लि.ले सेवा सुरुवात गरेको छ । कृष्णनगरबाट देश भरका विभिन्न क्षेत्रमा यात्रुहरुलाई सेवा प्रदान गर्ने उद्देश्य प्रा.लि. संचालनमा ल्याइएको अध्यक्ष रहिस शेखले बताउनु भयो ।


सुपर कृष्णनगर यातायात सेवा प्रा.लि.को प्रधान कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि स्थानिय समाजसेवी व्यक्ति राकेश प्रताप शाह(गुड्डु बाबु)ले प्रा.लि.ले कृष्णनगर हुदै देशका विभिन्न स्थानमा जाने यात्रुको यात्रा सुरक्षित र भरपर्दो बनाउन यातायातलाई सहजता प्रदान गर्दै यात्रुहरुको सुविधालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।


कार्यालय उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टि लुम्बिनी प्रदेशका प्रवक्ता अक्रम पठानले बर्डर नजिकैबाट यातायातको सुविधालाई यात्रुहरुलाई दिदा यात्रुहरुको पैसा र समय दुबैको बचत हुने बताउनु भयो ।


यात्रुहरुको सविधाका लागि प्रा.लि.ले सुरुवातमा कृष्णनगर देखि चन्द्रौटा,तुल्सीपुर,घोराही, स्वर्गद्धारी रोल्पा, प्युठान अर्घाखाँची,बुटवल, पोखरा र काठमाण्डौका लागी सवारी छुटाउने र विस्तारै अन्य स्थानका लागि पनि सवानी छुटाउने गरी तयारी गरिएको प्रा.लि.का बरिष्ठ सल्लाहकार लक्ष्मण भट्टराइले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma