Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कृष्णनगर नगरपालिकाको पुरानो बजार बहादुरगंजमा विकासको लहर

दिपक के.सी.
कपिलवस्तु फागुन २१
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ र ९ मा पर्ने पुरानो व्यवसायिक बजार बहादुरगंजमा विकासको लहर आएको छ । नगर, प्रदेश र संघबाट त्यस क्षेत्रको विकासका लागी करोडौंका योजनाहरु संचालन भएका छन ।

बजार क्षेत्रमा नाली निर्माण ,सडक विस्तार ,नेपाल कै दोस्रो पुरानो अस्पताल शिवराज अस्पतालको स्तरबृद्धि लगायताका योजनाहरुमा काम भइरहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । बहादुरगंज क्षेत्रको सबै क्षेत्रको विकासका लागी नगर प्रदेश र संघ बाट बजेट विनियोजन भएकाले सोहि बजेटका आधारमा योजनाका कामहरु सुरु गरिएको प्रमुख शाहले बताउनु भयो । यस आर्थिक बर्षमा शिवराज अस्पतालमा २५ शैयाको अस्पताल बनाउनका लागी संघबाट बजेट परेको शाहले बताउनु भयो । यस्तै सानो चोक देखि बहादुरगंज नाली निर्माण, दिपु शुक्लाको घर देखि शिवमन्दिर हुदै उत्तर सम्म जाने सडक निर्माण, राजमार्ग देखि गणेश महाजनको घर हुदै सानो चोक सम्म सडक तथा नाली निर्माण, बहादुरगंज दक्षिण टोलमा नाली निर्माण लगायतका योजनाहरुमा काम भइरहेको नगर प्रमुख शाहले बताउनु भयो ।
संघको समपुरका बाट ८६ लाख ७३ हजार ९६०।३३ रुपैयामा २५ शैयाको भवन निर्माण लागी बजेट विनियोजन भएको कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो । यस्तै सानो चोक देखि बहादुरगंज नाली निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २३ लाख ५८ हजार ६१६।८१ रुपैया, दिपु शुक्लाको घर देखि शिवमन्दिर हुदै उत्तर सम्म जाने सडक निर्माणका लागी १ करोड १८ लाख ८० हजार ८७९।८२ रुपैया, राजमार्ग देखि गणेश महाजनको घर हुदै सानो चोक सम्म सडक तथा नाली निर्माणका लागी १ करोड १ लाख ४ हजार १७।२२ रुपैया, मिलन केन्द्र भवन निर्माणका लागी प्रदेशको समपुरक बाट १ करोड ७ लाख ११ हजार ८७७।७३ रुपैया बजेट विनियोजित भएको शर्माले जानकारी दिनु भयो । योजनाहरुमा अहिले निर्माणको काम भइरहेकोले निर्माण सम्पन्न पश्चात यहाँका नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma