Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेपाल मगर संघ लुम्बिनी प्रदेशको दोस्रो अबिधेशन कपिलवस्तुमा सुरु

दिपक के.सी.
कपिलवस्तु फागुन २७
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अबिधेशन कपिलवस्तुको शिवराज नगरपालिकामा सुरु भएको छ । अबिधेशनको उद्घाटन सत्रमा मगर संस्कृति झल्कने विभिन्न झाकिको प्रस्तुती सहित नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।


कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सचिव टेक बहादुर नाम्जालीले देशको सिमा रक्षार्थ सदैब खटिने अरुको दुखमा सदैब साथमा रहने मगर समुदायको समृद्धिका लागी सम्पूर्ण मगरहरु नेपाल मगर संघमा आबद्ध हुनु पर्ने बताउनु भयो । अबिधेशनको शुभकामना व्यक्त गर्दै सचिव नाम्जालीले मगर संस्कृति भेषभुसा र रहनसहनको जर्गेना र पुस्ता हस्तान्तरणका लागी चार खम्बे निति अबलम्बन गरेको बताउनु भयो ।


कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कपिलवस्तु विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापामगरले मगरहरुको हकहितका लागी गठित भएको नेपाल संघको संर्घषले सबै मगरहरु हकहितका लागी थ्रुपै अधिकारहरु सुनिश्चित भएको बताउनु भयो । यहि संर्घषले मगर समुदायका थुप्रै अधिकारहरु संविधानमै सुनिश्चित भएको बताउनु भयो ।


कार्यक्रममा पाल्पाल रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले सबै मगरजातिहरु एक भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । मगरहरुले अरुको साथ भन्दा पनि आफ्नो स्वनिर्णय गर्दै हरेक कुरामा प्रतिस्पर्धामा आउन सक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा मगर जातजातिका विभिन्न भेषभुसाका सामाग्री, पुस्तकहरुको प्रदर्शनि समेत गरिएको थियो । मगर कला र संस्कृतिलाई झल्काउने गित नृत्य ,मयुर नाच समेत प्रस्तुत गरिएको थियो । आज बाट सुरु भएको अधिबेशन भोलि सम्पन्न हुने आयोजक नेपाल मगर संघ कपिलवस्तु शिवराज नगर समिति अध्यक्ष निरज बुढा मगरले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma