कपिलवस्तु , शिवराज नगरपालिकाको नगरप्रमुख अजय थापाले आफनो छोरीलाई सामुदायिक विधालयमा भर्ना गरेका छन । निजी विधालयमा अध्यन गर्दै आईरहेकी छोरीलाई नगरप्रमुख थापाले वुधवार विहान समयथान माध्यमीक विधालयमा भर्ना गरेका हुन । शिवराज नगरपालिकाले नगरवाट शेवा सुविधा लिएका व्यतmीका छोराछोरीले अनिवार्य सामुदायिक विधालयमा भर्ना गर्नुपर्ने निति निर्माण गरेकाले सोहि निति अन्तरगर्त छोरीलाई सामुदायिक विधालयमा भर्ना गरको मेयर थापाले वताएका छन ।
मेयर थापाले छोरीलाई शिवराज नगरपालिका ४ खरेन्द्रपुरमा रहेको समयथान माविको कक्षा ८ मा नेपाली माध्यमतर्फ भर्ना गरेको वताएका हुन । उनले नगरका अन्य जनप्रतिनिधि , शिक्षक र कर्मचारीहरुले पनि सरकारी विधालयमा भर्ना गरिरहेको वताएका छन । सरकारी विधालयको शिक्षाको गुणस्तरमा वृद्धी हुनेमा आफु विश्वस्त रहेको समेत मेयर थापाको भनाई रहेको छ । विधालयका प्रध्यानाध्यापक गिरीप्रसाद गैरेले मेयर थापाले आफनो छोरीलाई भर्ना गरेर सकारात्मक सन्देश दिएको वताएका छन । माध्यमीक तह सम्म पुर्ण निशुल्क शिक्षाको व्यवस्था गरेको नगरपालिकाले केहि दिन अगाडी नगरवाट शेवा सुविधा लिएका व्यतmीका छोराछोरीले अनिवार्य सामुदायिक विधालयमा भर्ना गर्नुपर्ने सुचना जारी गरेको थियो ।


प्रतिक्रिया