Developed By Kuldeep Sharma

१२ महिना अगाडि

शिवराज वडा नं. १० को सार्वजनिक सुनुवाई सम्पन्न

मोफसल खबर
बैशाख २५
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।सुशासन, पारदर्शिता र जवाफदेहिलाको लागी आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमा वडा अध्यक्ष मन्जु मिश्राले आ.व. २०७९÷०८० को वडामा भएका योजना र कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जनताको गुनासोहरुको सम्बोधन गर्दै वडा अध्यक्ष मिश्राले वडा कार्यलयमा कार्यरत कर्मचारीले अध्यक्षलाई अटेरी गर्ने गरेको बताउनु भयो । वडाका सचिवले मनोमानी ढंगले विदा बसिदिदा सेवाप्रभाव प्रभावकारी रुपमा हुन नसकेको बताउनु भयो । वडामा कार्यरत कम्प्युटर अपरेटर पनि मनोमानी रुपमा कार्यालय आउने जाने गरेको बताउनु भयो । जनताको सेवाका लागी आफुलाई वडाबासीले मत दिएर जिताएको भए पनि नगरपालिकामा आफ्नो कुरा नसुनिदिदाँ वडामा प्रभावकारी रुपमा योजना र कार्यक्रम हुन नसकेको अध्यक्ष मिश्राले बताउनु भयो । वडा कार्यालयमा विगत ५ महिना देखि कार्यलय सहयोगी नहुदाँ नगरमा माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्नु भयो ।

कार्यक्रममा सहभागी वडाका सरोकारवालाले वडा अध्यक्षले वडाका लागी विभिन्न योजनाहरु राखेपनि नगरले समन्वयात्मक भूमिका निर्वाह नगर्दा प्रभावकारी काम हुन नसकेको बताए । वडालाई भन्दा हाम्रो प्रश्न नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई छ,तर उहाँहरु कार्यक्रममा सहभागि नै हुनुहुन्न प्रश्न कस्लाई गर्ने ? एक सहभागिले भने । कार्यक्रममा वडाबाट प्रतिनिधत्व गर्ने विभिन्न व्यक्तिले वडामा खटिएका कर्मचारीहरुलाई वडामा सहज रुपमा काम गर्न निर्देशन दिनु पर्ने सुझाव दिएका छन ।

चिन्तास मिडियाको व्यवस्थापन, नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्रविधिक सहयोगमा संचालित सार्वजनिक सुनावाई कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, समाजसेवी व्यक्तित्व रविदत्त मिश्र, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा सहसचिव संन्जिव गहतराज लगायले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण गैरेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma