Developed By Kuldeep Sharma

११ महिना अगाडि

शिवराजमा बालक्लव तथा किशोरकिशोरीहरूलाई तीन दिने नेतृत्व विकास तालिम ।।

नवराज पौडेल कपिलवस्तु,,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ बालक्लव तथा किशोरकिशोरीहरूका लागी तीन दिने नेतृत्व विकास तालिम सुरु भएको छ । शिवराज नगरपालिका वडा नं ३ को आयोजनामा बालक्लव तथा किशोरकिशोरीहरूलाई तीन दिने नेतृत्व विकास तालिम सुरु भएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो । शुक्रबारबाट सञ्चालन भएको कार्यक्रमको यही जेठ २१ गते आइतबार सम्म संचालन हुने जनाइएको हो । वडा नम्वर ३ मा रहेका बालक्लव तथा किशोर किशारीहरुको नेतृत्व विकास गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । वडाको बालक्लव तथा किशोरकिशोरीहरूको नेतृत्व विकास तालिम शिर्षक बाट रु ७० हजारको लागतमा शुत्रबार बाट सुरु भएको कार्यक्रममा वडाका ३७ जना प्रशिक्षार्थी सहभागी भएको र उनीहरुलाई कालिका स्वालम्वन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक अर्जुन थापाले प्रशिक्षण दिनुभएको वडा नम्वर ३ का कम्प्युटर अप्रेटर कमल पाण्डेयले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma