Developed By Kuldeep Sharma

११ महिना अगाडि

विपदमा शिक्षाको आकस्मीक योजना निर्माण गर्न प्रध्यानाध्यापकलाई तालीम

मोफसल खवर २० जेठ कपिलवस्तु
शिक्षाको आकस्मीक योजना निर्माण सम्वन्धी नगरस्तरीय दुई दिने तालीम सम्पन्न भएको छ । रिड नेपालको आयोजनामा शिवराज नगरपालिका भित्रका ११ ओटा माध्यमीक विधालयका प्रध्यानाध्यापकलाई तालिम दिईएको हो । समयथान मावि खरेन्द्रपुरमा भएको दुई दिने तालीममा विपदको समयमा शिक्षा क्षेत्रमा हुने अवरोधहरुलाई समाधानको लागी योजना निर्माण गर्ने विषयमा प्रशिक्षण दिईएको छ ।

सुचना प्रवधीको प्रयोग गरी वैकल्पीक सिकाई संचालन गर्ने तरीका , विपदमा पढाई अवरोध हुन नदिनको लागी योजना निर्माण र पालिकाले ध्यान पुराउने विषयमा रिड नेपालका प्रशिक्षक त्रषीकेश आर्चायले प्रशिक्षण दिनुभएको हो । शिवराज नगरपालिकाका विभिन्न विधालयमा तालीम तथा विधालयलाई चाहिंने आवश्यक सहयोग गरिरहेको रिड नेपालका शिक्षा फिल्ड अधिकृत सुशिला कडेलले वताउनुभयो । तालीम पश्चात विपदको वेला पनि पढाईलाई निरन्तरता दिन सहयोग पुग्ने आफुहरुको विश्वास रहेको फिल्ड अधिकृत कडेलले वताउनुभएको छ ।

तालीम पश्चात भएको समापन समारोहमा शिक्षा विज्ञान तथा प्रबधी मन्त्रालयका उपसचिव पुर्ण विश्वकर्माले कोभिड १९ लगाएतका महामारीमा रिड नेपाल पुराएको योग्दान प्रति प्रसंसा व्यतm गर्नुभयो । संस्थाले संचालन गरेको तालीमवाट प्रवधीको उच्चतम प्रयोग गर्न शिक्षकहरु समक्ष भएको विश्वास लिएको वताउनुभएको छ । शिवराज नगरपालिका सामाजीक विकास संयोजक टेकलाल सापकोटाले तालीम उपयोगी भएकाले आगामी दिनमा प्रावी तथा निमावीका शिक्षकहरुलाई पनि समावेश गर्नुपर्ने वताउनुभएको छ । उहांले वालवालीकाको सिक्षण सिकाईमा सहजता आउने वताउनुभएको छ । समयथान मावीका प्रध्यानाध्यापक गीरीप्रसाद गैरेले तालीमवाट प्राप्त भएको ज्ञान व्यवहारमा लागु गर्न आफुहरु प्रतिवद्ध रहेको वताउनुभएको छ । संस्थाले विधालयहरुमा पुराएको योग्दानले सजिलो भएको समेत वताउनुभएको छ । कार्यक्रममा ११ ओटा माध्यमीक विधालयका प्रध्यानाध्यापक , जनप्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma