Developed By Kuldeep Sharma

११ महिना अगाडि

शिवराजमा एक दिने पशु स्वास्थ्य प्राविधिक गोष्ठी सम्पन्न ।।

नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका पशु सेवा शाखाको पशु स्वास्थ्य प्राविधिक गोष्ठी सम्पन्न भएको छ । पशु सेवा शाखा आयोजनामा नगरपालिका अन्र्तगतका प्राविधिकहरुको उपस्थितीमा एक दिने गोष्ठी सम्पन्न भएको शाखा अधिकृत धनिश्वर खनालले जानकारी दिनुभयो । शिवराज नगरपालिकामा आवद्ध सम्पुर्ण प्राविधिक एक भई आफ्ना समस्याहरु नगरकार्यापालिकामा राख्ने, प्रदेश मन्त्रालयमा प्रदेश र संघिय पशु सेवा विकास शाखामा संगै कृषि तथा पशुपन्छी मन्त्रालयमा राख्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको खनालले जानकारी दिनुभयो । नगरपालिका भित्र छरिएर रहेका प्राविधिकहरुको अभिलेखीकरण राखी पशु प्राविधिकका समस्या समाधान गर्ने खालका कार्य योजना बनाउने उहांले बताउनु भयो ।
गोष्ठी कार्यक्रमलाई सम्बोधन नगर प्रमुख अजय त थापाले पशु सेवा शाखाले नगरमा अत्यन्तै राम्रो काम गर्न सफल भएको बताउंदै प्रशंसा गर्नुभयो । पशु सेवा कारण भारत बाट आउने अवैध बोइलर कुखुराको संख्यामा कमि आएको बताउंदै नगर भित्रका प्राविधिकका समस्यामा नगरले ध्यान दिने बताउनु भयो ।
शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरीले कृषकले व्यावसाय गर्ने तर बजारीकरणको समस्याहुने गुनासो आएकोले सो तर्फ नगरले ध्यान दिनुपर्ने बताउनुभयो ।, कार्यक्रमलाई प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेय, कृर्षिशाखा प्रमुख तारा प्रसाद चौधरी, वडा नंम्वर ५ का वडा अध्यक्ष नेत्र बेल्बासे, लगाएतले सम्बोधन गर्नुभएको कार्यक्रम नायव पशु स्वास्थ्य प्राविधिक अब्दुल उमर मुसलमानको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma