दिपक के.सी.
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ९ मा रहेको सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुई वटा स्थानिय तह जोड्ने यो ट्रस पुल निर्माण संगै दुवै पालिकाका स्थानिय बासिहरु हर्षित भएका छन । पुलले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकालाई जोडेको छ ।

सुरइ नदिमा निर्माणको अन्तिम चरणमा पुगेको पुल निर्माणले विजयनगर गाउँपालिका वडा नं. ३ मा पर्ने महदेइया,मैनारी,पत्थरदेइया,जगदीशपुर,कढिहा गाउँका स्थानियहरुको मुख्य बजार कृष्णनगर नगरपालिकाको बहादुरगंज बजार आउँजाउमा सहज भएको छ । विशेष गरी बर्षाको समयमा सुरइमा आउने बाढिले वारीपारी गर्न समस्यहुने र जीउधनका जोखिम ट्रस पुल निर्माण संगै हटेको छ । पुल निर्माण संगै दुबै पालिकाका नागरिकहरुलाई वारी पारि गर्न सहज भएको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो । खास गरी विजयनगर गाउँपालिकाका वडा नं. ३ का स्थानियहरुको मुख्य बजार बहादुरगंज हो ,बर्षातको समयमा उनीहरुलाई बजार आउन समस्या हुने गथ्र्यो अब त्यो समस्या रहेन नगर प्रमुख शाहले भन्नु भयो । गाउँपालिकाबाट बहादुरगंजमा रहेको रामगोरखा मा.वि.मा अध्ययन गर्न आउने विद्यार्थीहरु बर्षायाममा विद्यालय आउन सक्दैनथे । नदिमा पानीको बहाव बढेसंगै पारीबाट पढ्न आउने विद्यार्थीहरु आउन सक्देनथे अब उनीहरुको लागी पनि सहज भएको छ ।

पुल बनेपछि आफूहरुलाई बहादुरगंज बजारमा किनमेल गर्न जान सहज भएको विजयनगर गाउँपालिका वडा नं. ३ महदेइयाका विरेन्द्र चौधरीले बताउनु भयो ।“पुल बने पछि अब ज्यानको जोखिम मोलेर नदिमा हेलिएर नदि तर्नु पर्ने बाध्यता हटेको छ ” उहाँले भन्नु भयो । बर्षा सुरु भए संगै बालबालिकाको विद्यालय छुटाउनु पथ्र्यो वा नदिमा बाढि कम हुन्जेल कुर्नु पथ्र्यो पुल बने संगै यहाको जनजीवन सहज भएको छ चौधरीले भन्नुभयो ।
९६ मिटर लम्बाइ र १.५ मिटर चौडाइ रहेको सो ट्रसपुल कृष्णनगर नगरपालिकाको १२ लाख ९३ हजार २ सय २३ रुपैया, संघको ससर्त अनुदान ८४ लाख ५५ हजार ६ सय ९४ र उपभोक्ता समितिको १ लाख ९८ हजार ९ सय ५७ गरी कुल ९९ लाख ४७ हजार ८ सय ७५ रुपैया लागतमा निर्माण भएको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रदिप चौधरीले जानकारी दिनुभयो । लिडो नेपालको प्राविधीक सहयोगमा निर्माण भएको ट्रसपुलको ९९ प्रतिशत निर्माणको काम सकिसकेको उपभोक्ता समितिका अध्यक्ष निर्भय सिंहले जानकारी दिनु भयो । अब लोड टेस्ट गरिसकेपछि औपचारीक रुपमा पुल संचालनमा आउने उहाले बताउनु भयो ।


प्रतिक्रिया