Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेकपा माओवादि केन्द्र शिवराज नगर कमिटी द्धारा शोक व्यक्त

प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी पार्टि केन्द्रिय समिति सल्लाहकार सिता दाहालको निधन प्रति नेकपा माओवादी केन्द्र शिवराज नगर समिति कपिलवस्तुले शोक बक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ ।
६९ बर्षिय दाहालको बुधबार विहान ८ः३३ मा नर्भिक अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । नगर समितिले दाहालको निधन प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै यो शोक घडिमा नगर पार्टि समिति निकै मर्माहत र स्तब्ध भएको जनाएको छ । नगर समिति इन्चार्ज दोर्ण बहादुर पुन (दिनेश) र नगर समिति सचिव रविन्द्र बुढाथोकी (आकाश) द्धारा हस्ताक्षर गरिएको शोक वक्तव्यमा प्रधानमन्त्री एवं पार्टि अध्यक्ष सहित शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma