Developed By Kuldeep Sharma

१ महिना अगाडि

लुम्बिनीको दोस्रो आवधिक योजनाको मस्यौदा पत्रमा छलफल

माधव बेल्वासे
चन्द्रौटा,७ चैत
प्रदेश योजना आयोग मार्फत लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको प्रारम्भिक मस्यौदा उपर छलफल गरेको छ । बुधवार चन्द्रौटामा दोस्रो आवधिक योजनाको लागि तयार पारेको अवधारणा पत्रमा स्थानीय तहका प्रमुख जिल्ला तथा प्रादेशिक कार्यालय सग छलफल गरेको हो ।
आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव सङ्कलन थालिएको हो । आवधिक योजनामा सबै क्षेत्रलाई समेटेर सबैले अपनत्व लिने गरी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्ने भएकाले सरोकारवाला क्षेत्रबाट योजना निर्माणमा सहयोग गर्न प्रदेश योजना आयोगले आग्रह गरेको छ ।
प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने गरी आवधिक योजनाले सम्बोधन गर्ने योजना आयोग लुम्बिनी प्रदेशका सदस्य सरोज खनालले बताउनुभयो । प्रदेशका १२ वटा जिल्लाका स्थानीय तहहरू सँग सुझाव लिने र पारित गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । दुई जिल्लालाई समेटेर ६ वटा स्थानमा कार्यक्रम भइरहेको खनालले बताउनुभयो ।
सुझाव लिइसकेको पश्चात् प्रदेश विकास परिषद्बाट पास गरेर मन्त्रीपरिषद्को बैठकमा पेस गरिने उहाँले बताउनुभयो । प्रथम आवधिक योजनाको प्रगति विवरण सार्वजनिक गर्दै धेरै क्षेत्र उपलब्धि भएको बताइएको छ । विभिन्न समूह बनाएर छलफल गरी राय सुझाव लिइएको छ । सबै क्षेत्रबाट आएका राय सुझावलाई समावेश गरी आवधिक योजना तयार गरिने योजना आयोगका सदस्य गीता केसीले बताउनुभयो ।
कृषि, उद्योग, पर्यटन , गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचलाई सुनिश्चित गरी सभ्य र दक्ष मानव पुँजीको निर्माण गर्ने, सबै क्षेत्रमा रहेका विभेद र असन्तुलनलाई हटाई सामाजिक न्यायमा लगायतका विषयवस्तु समावेश गरिएको छ । आवधिक योजना अनुसार प्राथमिकता राखेका योजनाहरू छानेर योजना बनाउनुपर्ने नगरपालिका सङ्घ लुम्बिनी प्रदेशका सह अध्यक्ष चक्रपाणि अर्यालले बताउनुभयो । प्रदेशको समृद्धि बनाउने गरी योजना निर्माण गरेमा आवधिक योजनाको सार्थकता रहने जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma