Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

काँग्रेस सच्चिए २०८४ मा बहुमत आउँछ : गंगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेस सच्चिएको खण्डमा २०८४को निर्वाचनमा बहुमत आउने बताए । विगतमा काँग्रेसलाई जनताले दिएको मतको सदुपयोग गर्न नसकेको बताउँदै अब जुनसुकै हालतमा भए पनि काँग्रेस एक हुनुपर्नेमा जोड दिए । दोस्रो चरणको संवाद कार्यक्रम अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा कार्यकर्ताका गुनासो सुन्दै देशलाई सही बाटोमा काँग्रेसले मात्र लैजान सक्ने भएकोले यसैमा सबै लाग्नुपर्ने बताए ।
काँग्रेसका प्रभावशाली युवा नेता थापाले अब आउने निर्वाचनमा काँग्रेसका कार्यक्रताहरुलाई रुख बाहेक अन्य चिन्हमा भोट हाल्नु नपर्ने बताए । सरकारमा रहँदा पनि विसङ्गति तथा भष्ट्रचारको विषयमा छानबिन गर्नुपर्ने आवाज उठाएको स्मरण गर्दै अहिले पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने जिकिर गर्नुभयो । अभियानका क्रममा धेरै नागरिकहरूको युवाहरू वैदेशिक रोजगारी प्रति चिन्तित रहेको पाएकोले काँग्रेसले सरकार बाहिर रहे पनि युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने बताए ।
अबको निर्वाचनमा उम्मेदवार टुगो लगाउने जिम्मेवारी स्थाीयहरुलाई दिने योजना रहेको बताउनुभयो । निर्वाचन क्षेत्रका नागरिकहरूले जसलाई उपयुक्त ठान्छन् उसैलाई टिकट दिनुपर्ने जिकिर गर्नुभयो । उम्मेदवारहरूलाई एक महिने कोर्स समेत काँग्रेस सञ्चालन गर्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma