Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा चट्याङ लागेर किशोरीको मृत्यु

कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका वडा नम्बर २ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताउनुभयो ।
बिहान खेतमा धान रोप्न गएकी थारुलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको संजीवनी अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma