Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध मल बरामद

कपिलवस्तु – कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध डिएपी र यु्रिया मल बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका दोहनी चोक स्थित तौलिहवा भैरहवा सडक खण्डमा भारतबाट विना भन्सार र विना विल ढुवानी गरी लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको अबैध १९ बोरा डिएपी मल र २ बोरा युरिया मल बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त अबैध मल करिब ४८ हजार ९ सय मुल्य बराबर रहेको प्रहरीले बताएको छ ।

बरामद गरिएको डिएपी र युरिया मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma