Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलबस्तुमा २ जना मृत फेला, अनुसन्धान जारी : कार्की

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउपालिका वडा न ३ बसन्तपुरको वडा कार्यालय नजिकै सेमरहवा रंगपुर जाने भित्री सडकको छेउमा रहेको खाली जमिनमा मागी खाने यशोधरा गाउपालिका वडा न. ६ रमुवापुर बस्ने ३५ बर्षिय सुनिल चाईको शव भेटीएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

यसैबिच कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न।८ बहादुरगंज चोक नजिकै रहेको खातु पेट्रोल पम्प नजिक खाली चौरमा दाङको राप्ती गाउपालिका वडा न।२ लालमटिया घर भई हाल महाराजगंज नगरपालिका वडा न.२ सुरलहिया कन्या चौधरीको घरमा डेरा गरी बस्ने ३४ बर्षिय बिपिन चौधरी खाली चौरमा मृत अबस्थामा भेटिएको कपिलबस्तु प्रहरी प्रमुख दान बहादुर कार्कीले जानकारी दिनुभयो । दुबै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma